Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाले काभ्रेमा थप एकजनाको मृत्यु

कोरोनाले काभ्रेमा थप एकजनाको मृत्यु

  • मंगलवार, आश्विन ६ २०७७

  • 921
    SHARES

  • कोरोनाले काभ्रेमा थप एकजनाको मृत्यु

    काभ्रे । कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    पचास वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताउनुभएको छ ।

    उहाँका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् ।

    हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

    हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय संक्रमितमध्ये ९४ जना अस्पताल आइसोलेसनमा र ६७ जना होम आइसोलेसनमा छन् ।
    रासस

     

     

     

     


    मंगलवार, आश्विन ६ २०७७१०:२९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij