Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोज्यो : डा. लोहनी 

वर्तमान सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोज्यो : डा. लोहनी 

  • सोमवार, चैत्र २७ २०७९

  • 687
    SHARES

  • वर्तमान सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोज्यो : डा. लोहनी 
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोजेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै लोहनीले भन्नुभयो, ‘उपप्रधान एवं रक्षामन्त्रीले पूर्णबहादुर खड्काले माटो ढोग्दै भावुक भएर कर्मचारीलाई तलब खुवाउन पनि आम्दानी छैन भन्नुभयो । अर्थ सचिवले सामाजिक सुरक्षा भत्ता दिन सक्दैन भनेर बहादुरीका साथ भन्नुभयो । लघुवित्त र सहकारी समस्याग्रस्त छन् । अर्थतन्त्रको संकटबारे अर्थमन्त्रीले केही बोल्नुभएको छैन । अब उहाँले बोल्ने बेला आयो।’ 

    अर्थतन्त्रको संकटबारे प्रधानमन्त्री प्रचण्ड गम्भीर नभएको उहाँले बताउनुभयो । डा. लोहनीले थप्नुभयो, ‘अब विकासका लागि कहाँबाट बजेट ल्याउने ? तलब खुवाउने पैसा कहाँबाट ल्याउने ? वृद्ध भत्ता नखुवाउने हो त ? प्रधानमन्त्री खादा लगाइरहेका छन्, भाषण गरिराख्या छन्, काम गरेका छैनन् । काम नगर्ने, गफमात्र गरेर संकट समाधान हुन्छ ?’

    सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बनाउँछु २ करोड मागेको अडियोबारे राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ७२ घण्टाभित्र सत्य तथ्य पत्ता लगाउन सक्नुपर्ने पनि डा. लोहनीले औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँलाई समय दिनुपर्छ । देशलाई नयाँ नेतृत्व पनि चाहिएको छ । तर त्यो पार्टी पनि सत्ताकै लागि हो कि भन्ने शंका बढ्न थालेको छ । रास्वपाको सिद्धान्त, अडान र धारणा के हो भन्ने स्पष्ट छैन । उहाँले सत्तामा नगएकाले सीके राउत उदीयमान नेता भएर आउने देखिएको पनि बताउनुभयो ।


    सोमवार, चैत्र २७ २०७९०८:२०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij