Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य एकैदिन तोलाको १ हजार ७ सय रुपैंयाँले घट्यो

सुनको मुल्य एकैदिन तोलाको १ हजार ७ सय रुपैंयाँले घट्यो

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.1K
    SHARES

  • सुनको मुल्य एकैदिन तोलाको १ हजार ७ सय रुपैंयाँले घट्यो

    काठमाडौं । आज(मंगलबार) सुनको मुल्य एकैदिन तोलामा १ हजार ७ सय घटेको छ ।

    हिजो ९७ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा एकैदिन १ हजार ७ सयले घटेर ९५ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा ओरालो लागेसँगै स्थानीय बजारमा पनि सुनको मुल्यमा कमी आएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मुल्य पनी तोलामा १ सयले घटेको छ ।

    सोमबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मुल्य तोलामा १ सय रुपैयाँले घटेर आज १२ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स १९ सय ६ डलर हाराहारीमा कारोबार भईरहेको छ ।  


    मंगलवार, आश्विन ६ २०७७०१:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij