Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बिस्केट जात्राको अवसरमा आज सार्वजनिक बिदा

बिस्केट जात्राको अवसरमा आज सार्वजनिक बिदा

  • सोमवार, बैशाख ४ २०८०

  • 871
    SHARES

  • बिस्केट जात्राको अवसरमा आज सार्वजनिक बिदा
    काठमाडौं । बिस्केट जात्राको अवसर पारेर टोखा नगरपालिकाले सोमबार(आज) सार्वजनिक बिदा दिएको छ । टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
     
    बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताउनुभयो । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्त्व समेत रहेको छ ।
     
    सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ । 
     
    वैशाख १ गतेदेखि सुरु भएको बिस्केट जात्राको अन्तिम दिन वैशाख ४ गते देवीदेवताहरूलाई आ–आफ्नो स्थानमा विराजमान गराउने चलन छ ।
     


    सोमवार, बैशाख ४ २०८००६:४७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij