Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

झापामा १६ वर्षीया किशोरी बलात्कृत

झापामा १६ वर्षीया किशोरी बलात्कृत

  • सोमवार, बैशाख ४ २०८०

  • 638
    SHARES

  • झापामा १६ वर्षीया किशोरी बलात्कृत

    काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    महोत्तरी बर्दिवास नगरपालिका–५ बस्ने २९ वर्षीय कूलबहादुर विकलाई हिजो राति प्रहरीले पक्राउ गरेको हो ।

    कूलबहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका–३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सोमवार, बैशाख ४ २०८००४:५१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij