Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संबैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्रीलाई पार्टी सचिवालयको निर्देशन

संबैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्रीलाई पार्टी सचिवालयको निर्देशन

  • मंगलवार, आश्विन ६ २०७७

  • 801
    SHARES

  • संबैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्रीलाई पार्टी सचिवालयको निर्देशन

    काठमाडौं । सत्तारुढ नेकपा सचिवालयको ६८ औं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न भएको छ । संबैधानिक निकायहरूमा पदपूर्ति गर्न बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्देशन दिएको छ ।

    बैठकमा अधिकांश नेताले प्रधानमन्त्रीलाई सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    ‘पार्टी एकता र एकीकरणका बाँकी कामहरूबारे अध्यक्षद्वय र महासचिव कमरेडहरूले १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘दुई दिनअघिको सचिवालय बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन गर्ने सम्बन्धमा आज पनि नेताहरुले आ–आफ्ना सुझाव दिनुभयो ।’

    अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल अध्यक्ष दाहाल 'प्रचण्ड' बैठकको पूरै अवधि सहभागी हुनुभएको थापाले जानकारी दिनुभयो ।

    सचिवालयको पहिलो बैठक पेरिसडाँडा भएको थियो भने आज बालुवाटारमा संचालन गरिएको थियो ।


    मंगलवार, आश्विन ६ २०७७०३:३६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij