काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमण भएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण ज्वरो र सास फेर्न कठिनाई भएको अवस्थामा सात दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्न आग्रह गरेको हो ।
यदि आइसोलेसनमा पाँच दिन वा त्यो भन्दा बढी बसिसकेको र कुनै पनि लक्षण बाँकी नरहेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए आइसोलेसनमा बस्नुनपर्ने मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।
सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
अहिले दैनिक कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हिजो एक सय ७१ जनामा सङ्क्रमण, थपिएसँगै तीन सय ९७ जना सक्रिय संक्रमित पुगेका छन् भने हिजो मात्रै २ जना संक्रमितको मृत्यु समेत भएको छ ।