Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नक्कली पासपोर्ट बोकेकाहरु हिरो भएर हिँडे : घनश्याम भुसाल

नक्कली पासपोर्ट बोकेकाहरु हिरो भएर हिँडे : घनश्याम भुसाल

  • बुधवार, बैशाख ६ २०८०

  • 524
    SHARES

  • नक्कली पासपोर्ट बोकेकाहरु हिरो भएर हिँडे : घनश्याम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नक्कली पाससोर्टमा दोषी ठहर भएका व्यक्ति सडकमा हिरो भएर हिँडिरहेको टिप्पणी गर्नुभएको छ ।

    पार्टी निकट विद्यार्थी अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीति भाडिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘अहिले कोसँग फुट्छ र को कोसँग मिल्छ भन्न सक्ने अवस्था छैन । कांग्रेससँग मिलेर गठबन्धन गरेर समाजवाद ल्याउने कुरा गर्छौ भनेर हामीलाई प्रश्न सोध्ने ठाउँ छ । अर्कोतिर कम्युनिष्ट पार्टीको झण्डा टाँगेर राप्रपासँग गठजोड गरेर हिँडेको छ । अरु दक्षिणपन्थीहरूसँग मिलेर हिँडेको छ । अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन् । तीनिहरूसँग गठबन्धन भएको छ । पूजा भइरहेको छ ।’

    नक्कली पासपोर्टदेखि अनेक अपराधमा दोषी भनिएका मान्छे थोरै दिन राज्यमा पुग्दा पनि लुट मच्चाएको भुसालले आरोप लगाउनुभयो ।


    बुधवार, बैशाख ६ २०८००२:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij