काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको जोरधारामा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
रुपन्देहीको देवदह नगरपालिका ३ की ३६ वर्षीया महिलाको बस दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो।
बस दुर्घटनामा परी ३६ जना घाइतेको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये पााच जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।
घाइते सबैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । रुपन्देहीको बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाादै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउापालिका ५ जोरधारामा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले बताउनुभयो।
बस राजमार्गभन्दा करिब ८० मिटर तल भीरमा खसेर अड्किएको छ । बसमा सवार सबै यात्रुका सामान भीरबाट निकालिएको छ ।