Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

चितवन २ मा मतगणाना आज नहुने, कारण यस्तो..

चितवन २ मा मतगणाना आज नहुने, कारण यस्तो..

  • आइतवार, बैशाख १० २०८०

  • 2.9K
    SHARES

  • चितवन २ मा मतगणाना आज नहुने, कारण यस्तो..

    काठमाडौं । चितवन २ मा भएको उपनिर्वाचनको मतगणाना आज नहुने भएको छ । भर्खरै सबै मतपेटिका भने मतगणना स्थल ल्याइएको छ । कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मत गणना हुन नदिने जनाएको छ ।

    कांग्रेस सभापति राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी विरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताउनुभयो ।

    मतगणना स्थलमा दलका प्रतिनिधिको उपस्थितिमा सर्वदलीय बैठक बस्ने तयारी छ । बैठकको निर्णय नआउँदै कांग्रेसले उजुरीको छिनोफानो भएपछि मात्रै मतगणना सञ्चालन हुन दिने बताएको हो ।


    आइतवार, बैशाख १० २०८००९:५०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij