Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

३ दिन सबै शाखा खोल्न बैंकहरूलाई राष्ट्र  बैंकको निर्देशन

३ दिन सबै शाखा खोल्न बैंकहरूलाई राष्ट्र  बैंकको निर्देशन

  • मंगलवार, आश्विन ६ २०७७

  • 894
    SHARES

  • ३ दिन सबै शाखा खोल्न बैंकहरूलाई  राष्ट्र  बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र  बैंकले मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्‍व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ । 

    राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै बैंकहरुलाई राजश्व संकलनका लागि तीन दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

    सरकारले राजश्व उठाउने म्याद २५ गतेसम्म तोकेकोले बैंकहरूलाई राजश्‍व संकलन गर्ने र क्लियरिङसम्बन्धी काम गर्ने सबै शाखा तथा क्लियरिङ हाउस तीन दिन खुला गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ । 

    सीमित शाखामात्रै खोल्दा भिड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्‍व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।


    मंगलवार, आश्विन ६ २०७७०६:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij