Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले भन्यो : ‘डा. केसीका मागबारे परामर्श गर्दैछौँ’

सरकारले भन्यो : ‘डा. केसीका मागबारे परामर्श गर्दैछौँ’

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.0K
    SHARES

  • सरकारले भन्यो  : ‘डा. केसीका मागबारे परामर्श गर्दैछौँ’

    काठमाडौँ – डा. गोविन्द केसीले १९ औँ सत्याग्रहमार्फत उठाएका मागहरुबारे सरकारले आवश्यक परामर्श थालेको छ।

    डा. केसीले १९ औँ सत्याग्रह सुरु गरेको ९ दिनपछि सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उहाँले उठाएका मागहरुबारे आवश्यक परामर्श सरकारले गरिरहेको जानकारी दिनुभएको हो।

    नेपाली रेडियो नेटवर्कलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले डा. केसीका मागहरुबारे स्वास्थ्य मन्त्रालय र अन्य विज्ञहरुसँग सरकारले आवश्यक परामर्श गरिरहेको जानकारी दिनुभयो।

    सत्याग्रही डा. केसीको जीवन रक्षा गर्नु नै पहिलो प्राथमकिता भएकोले उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याइएको बताउँदै मन्त्री ज्ञवालीले अरु विषयहरुबारे छलफल गर्दै जाने बताउनुभयो।

    चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लाबाट सुरु गर्नुभएको थियो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्ने लगायतका माग राखेर डा. केसीले १९ औँ सत्याग्रह थालेको आज ९ दिन पुगेको छ ।

     


    मंगलवार, आश्विन ६ २०७७०७:५२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij