Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

मुम्बईमा सोमबार भव्य नेपाली सांस्कृतिक कार्यक्रम हुने

मुम्बईमा सोमबार भव्य नेपाली सांस्कृतिक कार्यक्रम हुने

  • शनिवार, बैशाख १६ २०८०

  • 898
    SHARES

  • मुम्बईमा सोमबार भव्य नेपाली सांस्कृतिक कार्यक्रम हुने

    काठमाडौं । भारतको मुम्बईमा यही मे १ तारिखका दिन भव्य नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

    युरेसिया रेयुकाई मुम्बई शाखाको आयोजनामा कार्यक्रम गर्न लागिएको शाखाका अध्यक्ष सागर भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटा, गायिका पूर्णकला बिसीलगायतको बेडोज प्रस्तुती हुनेछ । अर्जुन सापकोटा ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘दुई दुना चार’जस्ता चर्चित गीतका गायक हुन भने पिरती नलाम माया, ‘सनिसार, ‘पागल हुँदै जस्ता गीतकी गायिका हुन पूर्णकला बिसी । नेपाली कला संस्कृतिको जगेर्ना तथा प्रचार प्रसार गर्ने र मुम्बईमा रहेका नेपालीहरूलाई एकतावद्ध गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    मुम्बईको कामगार कल्याण भवनको हलमा दिउसो साढे ३ बजेदेखि बेलुकी साढे ७ बजेसम्म कार्यक्रम हुने तय भएको उहाँले बताउनु भयो ।

    अघिल्ला वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू दर्जनौँ गरिसक्नु भएका भण्डारीले यस पटकको कार्यक्रम अझ बढी रमाइलो हुने र अझ धेरै सहभागिता हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

    “मुम्बईमा रहेका नेपालीहरूलाई भरपुर मनोरञ्जन दिन, दुःख भुलाउन र एकता बढाउन कार्यक्रम सफल हुने विश्वास लिएका छौँ, मुम्बईमा रहनु भएका सबै नेपालीहरु आउनु होला, हामी तपाईँलाई स्वागत गर्न तम्तयार छौँ,” अध्यक्ष भण्डारीले भन्नुभयो ।

    रेयुकाई अध्यक्ष भण्डारी मुम्बईमा उदार, सहयोगी र अति सक्रिय समाजसेवीका नेपाली युवाको रुपमा चिनिनुहुन्छ ।
    व्भभखबल


    शनिवार, बैशाख १६ २०८००८:३६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij