Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाही हुन्छ : श्रेष्ठ

मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाही हुन्छ : श्रेष्ठ

  • आइतवार, बैशाख १७ २०८०

  • 444
    SHARES

  • मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाही हुन्छ : श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।

    जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताउनुभएको हो ।

    ‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’

    उहाँले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकारले चालेका कदमलाई उत्साहजनक समर्थन गरेको भन्दै सबै राजनीतिक दल र मधेश प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।


    आइतवार, बैशाख १७ २०८०१२:१८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij