Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णयबाट सरकार पछि नहट्ने

अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णयबाट सरकार पछि नहट्ने

प्रचण्ड भन्छन्ः किस्ता-किस्तामा दिने सोचेको छु
  • सोमवार, बैशाख १८ २०८०

  • 470
    SHARES

  • अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णयबाट सरकार पछि नहट्ने

    काठमाडौं । माओवादी जनयुद्धका अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने विवादित निर्णयबाट सरकार पछि नहट्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चरणबद्धरुपमा भए पनि पूर्वलडाकुलाई पैसा बाँडिने बताउनुभयो ।

    आज चितवन पुगेर एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सरकारको निर्णयको बचाउ गर्नुभएको हो । प्रचण्डले २०७१ सालमै भएको आफ्नो सरकारले कार्यान्वयन गर्न खोजेको उल्लेख गर्नुभयो ।

    प्रचण्डका अनुसार त्यसबेला सरकारको निर्णय अदालतको आदेशका कारण कार्यान्वयन हुन सकेको थिएन । तर, केही समयअगाडि मात्रै अदालतले यो पैसा बाँड्नुपर्ने फैसला गरेको उहाँले बताउनुभयो ।

    पूर्वलडाकुलाई एकमुष्ट नभएर किस्ता किस्तामा रकम दिने आफ्नो सोच रहेको उहाँले उल्लेख गर्नुभयो।

     


    सोमवार, बैशाख १८ २०८००३:१९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij