काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निःशुल्क हेर्ने दिने जनाएको छ ।
नेपाल विरुद्ध भोलि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको स्थितिबाट अघि खेल्न थाल्ने छ । आज यो स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।