Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चीनले नेपाली भूमि मिच्यो भन्ने आरोप निराधार : चिनियाँ दूतावास

चीनले नेपाली भूमि मिच्यो भन्ने आरोप निराधार : चिनियाँ दूतावास

  • बुधवार, आश्विन ७ २०७७

  • 553
    SHARES

  • चीनले नेपाली भूमि मिच्यो भन्ने आरोप निराधार : चिनियाँ दूतावास

    काठमाडौं । नेपालसँग सीमा जोडिएको कुनै ठाउँमा भौगोलिक विवाद नरहेको बताउँदै चीनले नेपाली भूमि नमिचेको दाबी गरेको छ । नेपालको भूमिमा भवन नबनाएको उसको स्पष्टोक्ति छैन । काठमाडौंस्थित चिनियाँ दूतावासले आज प्रेस नोट निकाल्दै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने बताएको छ ।

    ‘चीन र नेपालबीच कुनै पनि सीमा विवाद छैन । दुबै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध स्थापित गर्दै आएका छन्’, नेपालस्थित चिनियाँ दूतावासका लुआन सिउतानले लेखेका छन्, ‘दुई देश निकटका छिमेकी भएकाले चीनले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सँधै सम्मान गरेको छ ।’

    सञ्चारमाध्यममा समाचार बनाइएका भवनहरू नेपाल–चीन सीमाको चिनियाँ खण्डका रहेको प्रेस नोटमा दाबी गरिएको छ । साथै, केही भारतीय मिडियाका कारण यो विषय बढी उछालिएको पनि दूतावासले उल्लेख गरेको छ ।

    हुम्लाको लाप्चाबगरमा वर्षौं–वर्षदेखि नेपालीले भोगचलन गरिआएको नेपाली भूमि अतिक्रमण गरेर चीनले भवन बनाएको खबर आएकै बेला चीनको यो प्रष्टीकरणसहितको प्रेस नोट आएको हो ।

    china.png


    बुधवार, आश्विन ७ २०७७०५:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij