Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

  • बुधवार, बैशाख २० २०८०

  • 919
    SHARES

  • भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुने बताउनुभएको छ ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् ।

    गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भएपनि दोषी देखिए कारवाही गर्न निर्देशन दिएको बताउनुभयो।

    जिल्ला अदालत काठमाडौंले यो प्रकरणमा बुधबार एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    यही प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईं प्रहरी हिरासतमा छन् । गृहमन्त्री श्रेष्ठले यो प्रकरणमा स्वच्छ अनुसन्धान हुने र कारवाही हुने बताउनुभयो ।

     


    बुधवार, बैशाख २० २०८००४:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij