Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौमा आजैदेखि अनुगमन तिब्र हुने, तीन टोली परिचालित

काठमाडौमा आजैदेखि अनुगमन तिब्र हुने, तीन टोली परिचालित

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.6K
    SHARES

  • काठमाडौमा आजैदेखि अनुगमन तिब्र हुने, तीन टोली परिचालित

    काठमाडौं । व्यापारिक विकृति नियन्त्रण गर्नका लागि बजार अनुगमन गरी दोषीलाई दण्डरजरिवाना गर्न काठमाडौमा आजदेखि अनुगमन समितिहरु सक्रिय हुने भएका छन् ।

    काठमाडौका सहायक प्रजिअहरु जीवनप्रसाद दुलाल, जनकराज भट्ट र कल्पना घिमिरेको संयोजकत्वमा रहेका छुट्टाछुट्टै समितिहरु आजदेखि सक्रिय हुने भएका हुन् ।

    टोलीलाई महँगीरकालोबजारी, मिसावट, गुणस्तरहीन सामान बिक्री, कृत्रिम अभाव, सार्वजनिक यातायातमा बढी भाडा असुली जस्ता गैरकानुनी गतिविधिका बारेमा अनुगमन गर्न र ठाउँको ठाउँ कारबाही गर्न अधिकार दिइएको छ ।

    काठमाडौंका प्रजिअ जनकराज दाहालले पर्व लक्षित बजार अनुगमन र तोकिएको मूल्य भन्दाबढी असुल्नेलाई कारबाहीको दायरामा ल्याउन छुट्टाछुट्टै समिति गठन गरेर परिचालन गर्न लागिएको जानकारी दिनुभयो ।

    प्रजिअ दाहालले आजैदेखि आ–आफ्नो कार्यक्षेत्र अनुसार फिल्डमा खटिने टोलीले दैनिक गरेका कामकारबाहीको विवरण प्रशासनमा पेश गर्नुपर्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।

    दसैं र तिहार, छठ, नेपाल सम्वतलगायत प्रमुख चाडपर्वको मौका छोपेर विगतमा पनि व्यापारिक विक्रितिहरु बढ्ने भएकाले अहिले उनीहरुलाई सक्रिय बनाउन बनाउन लागिएको हो ।

    समितिमा प्रशासनसहित सुरक्षा निकाय, उद्योग वाणिज्य तथा आपूर्ती र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय, उद्योग वाणिज्य महासंघ र यातायात व्यवसायी महासंघका प्रतिनिधिलाई पनि समितिमा राखिएको छ ।

     


    बिहिवार, आश्विन ८ २०७७०९:२६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij