Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ : शर्मा

भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ : शर्मा

  • मंगलवार, बैशाख २६ २०८०

  • 454
    SHARES

  • भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ : शर्मा

    काठमाडौं। सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताउनु भएको छ।

    आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताउनुभयो ।

    भ्रष्टाचारीविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताउनुभयो।पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने पनि उहाँको आग्रह थियो ।

    भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ’निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माको भनाइ छ । भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने उहाँको भनाइ छ ।


    मंगलवार, बैशाख २६ २०८००१:२१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij