Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जेठमा बजेट खर्च हुने परम्पराको अन्त्य गर्न उपेन्द्र यादवको माग

जेठमा बजेट खर्च हुने परम्पराको अन्त्य गर्न उपेन्द्र यादवको माग

  • मंगलवार, बैशाख २६ २०८०

  • 546
    SHARES

  • जेठमा बजेट खर्च हुने परम्पराको अन्त्य गर्न उपेन्द्र यादवको माग

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य गर्न माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा अध्यक्ष यादवले विकास बजेटको ७० प्रतिशत बजेट मात्रै खर्च हुने गरेको र त्यसको अधिकांश जेठमा मात्रै खर्च भइरहेको भन्दै त्यस्तो अभ्यासको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    उहाँले नेपाललाई विकाशोन्मुख देशको सूचीमा उकाल्न सरकारले बजेटमार्फत आवश्यक नीति र कार्ययोजना अंगाल्नुपर्ने माग गर्नुभयो ।

    उहाँले सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी सुविधामा शिक्षा र स्वास्थ्य सुविधा लिँदा सार्वजनिक संस्थाबाट मात्रै लिन पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभयो ।

    उहाँले काठमाडौंमै उच्चस्तरको अस्पताल बनाउन र सार्वजनिक पद धारण गरेका कोही पनि व्यक्तिलाई विदेशमा उपचारमा लैजानुपर्ने अवस्था भए त्यस्तो उच्चस्तरीय अस्पतालको सिफारिसका आधारमा मात्रै विदेश लैजान पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।


    मंगलवार, बैशाख २६ २०८००३:१२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij