काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारले सम्पूणर् राज्यसंयन्त्र र उच्च नेतृत्वलाई गाँजिरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू समेतलाई छानबिनमा तान्नु स्वागतयोग्य भएको बताउनु भएको छ।
’अब कुनै पनि बहानामा यसलाई फासफुस पार्ने काम नहोस्! साथै आशंका गरिएका सबै ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन र कारबाही होस्, सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ।
प्रहरीले बुधबार मात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट पक्राउ गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएको छ। उनी भने सम्पर्कविहीन छन्।