Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल राष्ट्र बैंकले घटायो १ प्रतिशत बैंकदर

नेपाल राष्ट्र बैंकले घटायो १ प्रतिशत बैंकदर

  • शुक्रवार, बैशाख २९ २०८०

  • 497
    SHARES

  • नेपाल राष्ट्र बैंकले घटायो १ प्रतिशत बैंकदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकदर १ प्रतिशत विन्दुले घटाएको छ ।

    यसअघि साढे ८ प्रतिशत रहेको बैंकदर अब साढे ७ प्रतिशत कायम गरिएको छ । सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने ऋणमा लिने ब्याजदरलाई नै बैंकदर भनिन्छ ।

    हालको नीतिगत दर ७ प्रतिशतलाई यथावत राखिएको छ । राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ । यो सुविधालाई राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत पनि निरन्तरता दिएको छ ।

    फलस्वरुप अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत विन्दुले कमी आएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, वाहृय क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृष्यलाई दृष्टिगत गर्दा राष्ट्र बैंकले आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने दाबी पनि गरेको छ ।


    शुक्रवार, बैशाख २९ २०८००२:२७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij