काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट समाप्त हुँदैछ। बैठक बिहीबारदेखि जारी थियो।
बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्नुभएको थियो । साथै, सल्लाहकार परिषद् तथा केही आयोगका प्रतिवेदन पनि पेस भएका थिए। त्यसपछि पनि मिसन ग्रासरुटका प्रतिवेदनहरू पेस भएका थिए।
प्रतिवेदनहरूमा विभिन्न भौगोलिक र गैरभौगोलिक समूह बनाएर छलफल भएको थियो। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुने छ । साथै, समसामयिक प्रस्तावहरू पारित गरिनेछन्।
केन्द्रीय कमिटी बैठकअघि आज बिहान ८ बजे स्थायी कमिटी बैठक पनि बस्दै छ।