Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दलहरूबीच संसदीय समितिको सभापतिमा भागबन्डा मिल्यो

दलहरूबीच संसदीय समितिको सभापतिमा भागबन्डा मिल्यो

  • आइतवार, बैशाख ३१ २०८०

  • 1.9K
    SHARES

  • दलहरूबीच संसदीय समितिको सभापतिमा भागबन्डा मिल्यो

    काठमाडौं । दलहरूबीच संसदीय समितिको सभापतिमा भागबन्डा मिलेको छ । साथै संवैधानिक परिषद्सम्बन्धी विधेयक समेत अघि बढाउन प्रमुख तीन दलबीच सहमति जुटेको छ ।

    निर्वाचन सम्पन्न भएको पाँच महिना बित्दा समेत दलहरूबिच भागबन्डा नमिल्दा संसदीय समिति गठनले पूर्णता पाएको थिएन ।

    आइतबार प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबिच बालुवाटारमा भएको छलफलमा संसदीय समितिमा भागबन्डा मिलेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

    आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक र एमाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।

    पहिला प्रचण्ड, देउवा र ओलीबिचको छलफलपछि अन्य नेतालाई बालुवाटार बोलाएर छलफल भएको थियो ।

    छलफलमा तीन दलका शीर्ष नेताहरूबीच सांसदका १२ वटा समितिको सभापतिमध्ये ३ वटाको नेतृत्व एमालेलाई दिने सहमति भएको छ । जसअनुसार संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले लिने सहमति भएको छ ।

    ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, सार्वजनिक लेखा समिति र थप एक विषयगत समितिको सभापति एमालेलाई दिने र बाँकी समितिमा सत्ता पक्षले नेतृत्व गर्ने सहमति भएको छ ।

     


    आइतवार, बैशाख ३१ २०८००२:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij