Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

तीन दलका नेताहरु एक्लाएक्लै बस्न थालेका छन्, यो शुभ संकेत होइन : डा. वाग्ले

तीन दलका नेताहरु एक्लाएक्लै बस्न थालेका छन्, यो शुभ संकेत होइन : डा. वाग्ले

  • आइतवार, बैशाख ३१ २०८०

  • 646
    SHARES

  • तीन दलका नेताहरु एक्लाएक्लै बस्न थालेका छन्, यो शुभ संकेत होइन : डा. वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय भ्रष्टाचार गर्ने शैली बदलिएको बताउनुभएको छ। कुनै बेला नगदमा हुने भ्रष्टाचार पछि सेयर हुँदै सुन र हिरातर्फ डाइभर्ट भएको उहाँले बताउनुभयो ।

    ‘पछिल्लो समयमा नगद प्रतिबन्धित छ, सेयर पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिएला भनेर हिरा र सुनमार्फत भ्रष्टाचार हुने गरेको छ’, वाग्लेले भन्नुभयो, ‘कागज छैन, पेपर वर्क छैन, बैंकमा राखेको छैन्न तर मूल्य चाहिँ छ ।’

    भ्रष्टाचार गर्ने विधि बदलिएकाले अहिले भ्रष्टाचारीले पनि प्रमाणित गर र मलाइ जेल हाल भन्न सक्ने अवस्था आएको उहाँले बताउनुभयो ।

    ‘पुरानो विधिमा नगदै भ्रष्टाचार हुन्थ्यो, त्यो पैसा गाडेर राखिन्थ्यो, तकियामा राखिन्थ्यो तर पछि शेयरमार्फत भ्रष्टाचार हुन थाल्यो । हाकाहाकी पैसा नदेखिने कसैको नाममा शेयर राखिदिने चलन थियो । यो पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिने भएपनि सुन र हिरामार्फत भ्रष्टाचार हुन थालेको छ’, उहाँले भन्नुभयो ।

    आइतबार काठमाडौंमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा डा. वाग्लेले आम्दानी र खर्चको हिसाबकिताव गर्दामात्र कयौं मानिस जेल पर्ने बताउनुभयो ।

    साथै अहिलेको भुटानी शरणार्थी प्रकरणमा पनि राष्ट्रको विश्वसनियता जोडिएको भन्दै यो विषय सामसुम पार्न नहुने उहाँको भनाइ छ ।

    भ्रष्टाचारीहरुलाई रंगेहात समात्नका लागि स्टिङ अप्रेसनको विधि स्थगित गर्नुले पनि प्रणाली भ्रष्टाचार मैत्री भएको उहाँको धारणा छ । पछिल्लो समय घटना सामसुम पार्न तीनदलका नेताहरु एक्लै बस्ने गरेको उहाँको संकेत थियो ।


    आइतवार, बैशाख ३१ २०८००४:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij