Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँले घटेर आयो

पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँले घटेर आयो

यो पटक तेलको मूल्य घटाउन निगम सकारात्मक
  • मंगलवार, जेठ २ २०८०

  • 724
    SHARES

  • पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँले घटेर आयो

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको हो।

    इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो।
    अहिले पनि घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा लगभग साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ। स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १९ रुपैयाँ र डिजल लिटरमा १४ रुपैयाँ नाफा रहनेछ।

    हालसम्म ४२ अर्ब ५२ करोड रुपैयाँ दायित्व बाँकी रहेको निगमले जनाएको छ। निगमले आइओसीको ६ अर्ब ४० करोड बक्यौता तिर्न बाँकी भन्दै पछिल्लो समय मूल्य घटाउन आनाकानी गरेको थियो।

    निगमले यो पटक तेलको मूल्य घटाउन सकारात्मक देखिएको निगम स्रोतले बताएको छ।


    मंगलवार, जेठ २ २०८००७:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij