Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको फैसला स्वीकार्नुको विकल्प छैन : रेशम चौधरी

सर्वोच्चको फैसला स्वीकार्नुको विकल्प छैन : रेशम चौधरी

  • बुधवार, जेठ ३ २०८०

  • 534
    SHARES

  • सर्वोच्चको फैसला स्वीकार्नुको विकल्प छैन : रेशम चौधरी

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् ।

    आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताए ।
    ‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,’ विज्ञप्तिमा उल्लेख छ ।

    टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनमा जान सकिने चौधरीले बताए । ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।

    अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नहुन अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

    आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको उनको भनाइ छ । ‘हामी अझै न्यायिक पर्खाइमा छौं ।

    त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु, उनले भने, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तीभर मन विचलित छैन ।’आफू पुस्तक लेखिरहेको भन्दै केही दिनमा ‘धरातल’ नामक पुस्तक आउने उनले बताएका छन् ।


    बुधवार, जेठ ३ २०८००१:४०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij