Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

  • बुधवार, जेठ ३ २०८०

  • 660
    SHARES

  • सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने
    काठमाडौं । सरकारले संसद्‍मा सार्वजनिक गर्ने नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुहुने भएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति उपस्थित भएर उहाँले नै वाचन गर्ने संसद् सचिवालयले जनाएको छ ।
     
    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य समस्याका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्री वा उपराष्ट्रपति कसले वाचन गर्ने भन्नेमा अन्योल थियो । बुधबार(आज) राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा पठाइएको पत्रमा राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।
     
    प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
     
    राष्ट्रपतिले प्रस्तुत गर्न नसकेको खण्डमा भने उपराष्ट्रपतिले वाचन गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।


    बुधवार, जेठ ३ २०८००३:४६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij