काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ५२ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा रहेको छ ।
यस्तै युरो १ को खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्री दर ८७ रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।