Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

  • बिहिवार, जेठ ४ २०८०

  • 532
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने
    काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 
     
    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
     
    संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ । 
     
    साथै सोही बैठकमा  प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
     


    बिहिवार, जेठ ४ २०८००६:४२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij