Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक हजार शौचालय बनाउने सरकारको नीति

एक हजार शौचालय बनाउने सरकारको नीति

  • शुक्रवार, जेठ ५ २०८०

  • 412
    SHARES

  • एक हजार शौचालय बनाउने सरकारको नीति

    काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै सञ्चालन गर्न दोश्रो चरणको काम अघि बढाउने घोषणा गरेको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा सो घोषणा उल्लेख छ।

    पानीको श्रोतलाई प्रदूषण मुक्त बनाइने पनि उनले बताए। एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने पनि सरकारले नीति बनाएको छ।

    ‘एक हजार सार्वजनिक शौचालय तथा विश्रामस्थल निर्माण गरिने छ,’ पौडेलले भन्नुभयो ।

    आज संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्राथमिकता दिइने बताउनु भएको हो ।


    शुक्रवार, जेठ ५ २०८००५:२१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij