Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पशुपति सरसफाईमा पर्यटन मन्त्रालयसहित कलाकार पनि जुटे (तस्बिरसहित)

पशुपति सरसफाईमा पर्यटन मन्त्रालयसहित कलाकार पनि जुटे (तस्बिरसहित)

  • शनिवार, जेठ ६ २०८०

  • 1.8K
    SHARES

  • पशुपति सरसफाईमा पर्यटन मन्त्रालयसहित कलाकार पनि जुटे (तस्बिरसहित)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा शनिबार हुने पशुपति सरसफाई अभियानको ११ औँ हप्ता सम्पन्न भएको छ । धार्मिक क्षेत्र पशुपतिलाई स्वच्छ राख्नका निम्ति पर्यटन मन्त्रालयले यो अभियानको सुरुवात गरेको छ ।

    1.jpg

    बढ्दो प्रदुषणलाई ध्यानमा राखी पशुपति सफाई अधियानको थालनी गरेका पर्यटनमन्त्री सुदन किराँतीलाई आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि सहयोग गरेको छ । मन्त्री सँगै प्रतिष्ठानका पदाधिकारीहरुले एकाबिहानै पशुपति पुगेर सरसफाई गरेका छन् । सरसफाई कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रीता थापामगर, पूर्व अध्यक्ष दुर्गा रायमाझी, सल्लाहकार पृथ्वी थकाली, संस्थाका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष रामजी खाँण, महिला उपाध्यक्ष राधिका हमाल, प्रशासनिक उपाध्यक्ष दीपक खड्का, सचिव प्रकाश सपुतलगायतको उपस्थिति रहेको थियो ।

    सरसफाई कार्यक्रममा ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहितको टीमले भजनकिर्तनसँगै विभिन्न गीत गाएर मनोरञ्जन पनि गरेका थिए । सरसफाई कार्यक्रममा प्रतिष्ठानसँगै अन्य संघसंस्थाको समेत ऐकेवद्धता रहेको सञ्चार समन्वय विभाग प्रमुख राजकुमार रायमाझीले जानकारी दिनुभयो ।

    2.jpg

    348241406_816186593406374_7494999318612619737_n.jpg


    शनिवार, जेठ ६ २०८००२:५३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij