Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

चर्चित लोकदोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” च्यारिटी शो सम्पन्न

चर्चित लोकदोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” च्यारिटी शो सम्पन्न

  • आइतवार, जेठ ७ २०८०

  • 2.3K
    SHARES

  • चर्चित लोकदोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” च्यारिटी शो सम्पन्न

    काठमाडौं । पछिल्लो समयमा एकपछि अर्को गर्दै चलचित्रहरु प्रदर्शन गर्ने क्रम बढ्दो छ ।

    चर्चित लोकदोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी”को जेठ ६ गते शनिबारका दिन च्यारिटी शो भव्य रुपमा सम्पन्न भएको छ ।

    यस चलचित्रको शो काठमाडौं स्थित बिजी मलको बि.एस.आर. मुभिजको हलमा सम्पन्न भएको हो । चौबन्दी चलचित्र पुर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

    “चौबन्दी” चलचित्रको च्यारिटी शो को अवसरमा बिभिन्न समाजसेवी व्यक्तित्वहरु र चलचित्रसँग जोडिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । “चौबन्दी” चलचित्र की निर्माता तथा नायिका समेत रहेकी मिना लामाको कथा रहेको छ भने निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।

    यस चलचित्रमा स्व. कलाकार जयनन्द लामा, रश्मी भट्ट, मिना लामा, दिपाशा बिसी, रितु तामाङ, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई रोयल मुभिज प्रा.लि.ले निर्माण गरेको हो । यस चलचित्र सामाजिक विषय बस्तुमा र आफ्नै जीवन कथामा आधारित रहेको कुरा निर्मात्री लामाले बताएकी छिन् ।

    साथै यस चलचित्रलाई नेपालका हलहरुमा प्रदर्शन गर्ने सोच तुरुन्तै नभएको र विदेशमा आफु जाने कार्यक्रममा कोसेलीका रुपमा यस “चौबन्दी” चलचित्रलाई लगेर प्रदर्शन गरिने कुरा उनले बताईन् ।


    आइतवार, जेठ ७ २०८००२:०३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij