Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

  • आइतवार, जेठ ७ २०८०

  • 828
    SHARES

  • बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
     
    कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बन्नुभएको छ । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्नुभएको छ ।
     
    नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बन्नुभएको छ भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास मन्त्री बन्नुभएको छ  । नवनियुक्त मन्त्रीहरूको आज नै  शपथ समारोह रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 


    आइतवार, जेठ ७ २०८००२:३२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij