Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत संकलन गर्ने

जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत संकलन गर्ने

  • आइतवार, जेठ ७ २०८०

  • 908
    SHARES

  • जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत संकलन गर्ने
    काठमाडौं । जनमत पार्टीले आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संकलन गर्ने भएको छ। सो पार्टीले आज एक सूचना प्रकाशित गरी आगामी साउन ६ गते जनमत संकलन गर्न लागिएको जनाएको छ। 
     
    जनप्रतिनिधिको काम सन्तोषजनक नरहे वा जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रण बाहिर गएमा आवश्यक कारबाही गर्ने वा फिर्ता बोलाउने, जनताको पक्षमा काम गर्न अभिप्रेत गर्ने पार्टीको नीति रहेको सो सूचनामा जानकारी दिइएको छ।
     
    सो पार्टीद्वारा प्रकाशित सूचनामा, ‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताका लागि काम गरेको छ, कि छैन?’ भन्ने प्रश्नमा मतदान हुने भनिएको छ। 
     
    भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाका जनमत पार्टीका सदस्यले भाग लिन पाउनेछन्।मतदानको व्यवस्था जनमत पार्टीबाट निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने जनाइएको छ।


    आइतवार, जेठ ७ २०८००४:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij