काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै युरो १ को खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४३ रुपैयाँ २२ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ २४ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ७७ पैसा र बिक्री दर ८८ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?