काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । संघीय संसद् प्रतिनिधिसभा बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।
राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट सुरु हुँदै छ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।