Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

  • शुक्रवार, आश्विन ९ २०७७

  • 599
    SHARES

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा थप दुई जनाको मृत्यु भएको छ। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

    यसैगरी पर्साको वीरगञ्जमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ ।

    मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।


    शुक्रवार, आश्विन ९ २०७७१२:०३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij