Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरियो

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरियो

  • मंगलवार, जेठ ९ २०८०

  • 799
    SHARES

  • नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिनुभयो ।

    मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

    मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

    यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् । तर उनको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।


    मंगलवार, जेठ ९ २०८००२:१६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij