काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताउनु भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले आयोग नै खारेज गर्नुपर्ने सुझाउनु भएको हो ।
‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भन्नुभयो, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’