Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने

  • बिहिवार, जेठ ११ २०८०

  • 578
    SHARES

  • काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने
    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।
     
    एक सूचनामार्फत प्रशासनले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने कानुनी व्यवस्था रहेको उल्लेख गर्दे  पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रङ्गशाला, धार्मिकस्थल, प्रतीक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न भनेको छ । 
     
    यस्तै स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न प्रशासनले भनेको छ ।
     
    यस्तै अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ वितरण नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
    343553741_2887222168074573_4031943572109403048_n.jpg
     


    बिहिवार, जेठ ११ २०८००१:३३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij