Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्को यस्तो निर्णय, के गर्छन् राष्ट्रपति ?

मन्त्रिपरिषद्को यस्तो निर्णय, के गर्छन् राष्ट्रपति ?

  • शुक्रवार, जेठ १२ २०८०

  • 1.3K
    SHARES

  • मन्त्रिपरिषद्को यस्तो निर्णय, के गर्छन् राष्ट्रपति ?

    काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

    ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेर पठाउने निर्णय भएको छ’, ती मन्त्रीले भने ।

    यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शीतलनिवासले कानुनविद्हरुसँग आवश्यक परामर्श समेत गरिसकेको अवस्था थियो ।

    शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले शीतल निवास पठाउने निर्णय गरेको हो । यद्यपि यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कि नमिल्ने भन्नेमा विवाद भने कायमै छ ।


    शुक्रवार, जेठ १२ २०८००५:४०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij