Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घन्टामा देशभर १३ सय १३ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा देशभर १३ सय १३ कोरोना संक्रमित थपिए

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.0K
    SHARES

  • पछिल्लो २४ घन्टामा देशभर १३ सय १३  कोरोना संक्रमित थपिए

    काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १३ सय बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । १२ हजार दुई सय ६२ नमुना पिसिआर विधिबाट परीक्षण गरिएकोमा १३ सय १३ सक्रमित थपिएका हुन्।

    आज थपिएको समेत गरि हालसम्म देशभर संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमित भने १८ हजार दुई सय ८९ जना छन् ।

    मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरबाट १४ सय ५५ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

    संक्रमित निको हुने दर ७३.४ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । संक्रमितमध्ये दुई सय २७ जनाको आइसियू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, आश्विन ९ २०७७०४:३७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij