Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध टीकापुरमा मारिएका इन्स्पेक्टरकी श्रीमती सर्वोच्चमा

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध टीकापुरमा मारिएका इन्स्पेक्टरकी श्रीमती सर्वोच्चमा

  • आइतवार, जेठ १४ २०८०

  • 1.9K
    SHARES

  • रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध टीकापुरमा मारिएका इन्स्पेक्टरकी श्रीमती सर्वोच्चमा
    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी  शारदा कडायतले सर्वोच्चमा निवेदन दिनुभएको हो ।
     
    सर्वोच्च प्रवक्ता विमल पौडेलले निवेदन प्राप्त भएको अन्नपूर्णलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘रेशमलाल चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध हामीकहाँ निवेदन प्राप्त भएको छ। अब प्रक्रिया अगाडि बढाउँछौं।’
     
    आजै बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहाका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 
     
    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयबाट पठाएको चौधरीलाई आममाफी दिनेसम्बन्धी प्रस्ताव फिर्ता गर्नुभएको थियो। केशवकी पत्नी शारदाले प्रस्ताव फिर्ता गर्न निवेदन दिएपछि राष्ट्रपति पौडेलले फिर्ता गर्नुभएको हो।
     
    विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान् आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।
     
    उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्।


    आइतवार, जेठ १४ २०८००५:२७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij