Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरण : आज तीन आरोपितसँग  लिइयो बयान

नक्कली शरणार्थी प्रकरण : आज तीन आरोपितसँग  लिइयो बयान

  • आइतवार, जेठ १४ २०८०

  • 784
    SHARES

  • नक्कली शरणार्थी प्रकरण : आज तीन आरोपितसँग  लिइयो बयान
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाले आइतबार(आज) काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन् । आज अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका हुन् ।
     
    बयानका लागि इन्द्रजित राई, टंककुमार र सन्दीपलाई लगिएको भए पनि विभिन्न कारण देखाउँदै इन्द्रजितले बयान नदिएपछि उनको ठाउँमा लक्ष्मी महर्जनको बयान लिइएको हो ।
     
    जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान क्रमैसँग लिइएको हो । तीनै जनासँग बयान लिने काम सकिएको छ । इन्द्रजित राईसँग भने अब मंगलबारमात्र बयान लिइने भएको छ । सोमबार सार्वजनिक बिदा परेका कारण उनको बयान मंगलबारमात्र हुने भएको हो ।
     
    लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेसँगै उनी पक्राउ परेकी हुन् । लक्ष्मी नेपाल प्रहरी अस्पतालमा नर्सको रुपमा कार्यरत रहेको बताइएको छ ।  यसअघि शुक्रबार  सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । 
     
    जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।  गत बुधबार  उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।  कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन्।
     


    आइतवार, जेठ १४ २०८००५:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij