Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

टर्कीका राष्ट्रपति एर्दोआन तेस्रो कार्यकालका लागि निर्वाचित

टर्कीका राष्ट्रपति एर्दोआन तेस्रो कार्यकालका लागि निर्वाचित

  • सोमवार, जेठ १५ २०८०

  • 476
    SHARES

  • टर्कीका राष्ट्रपति एर्दोआन तेस्रो कार्यकालका लागि निर्वाचित
    काठमाडौं । टर्की (टुर्किये) को निर्वाचन आयोगले राष्ट्रपति रेचेप तैयिप एर्दोआन तेस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरेको छ । प्रतिद्वन्द्वी कमाल किरिचदारोग्लुलाई दोस्रो चरणको निर्वाचनमा उनले पराजित गरेका हुन् । 
     
    एर्दोआनले ५२.१४ प्रतिशत मत पाएका थिए भने किलिचदारोग्लुले ४७.८६ प्रतिशत मत हासिल गरेका थिए । एर्दोआनले आफ्ना प्रतिद्वन्द्वीलाई लगभग २२ लाख मतले पराजित गरेका हुन् । 
     
    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो । 
     
    सन् २०१४ देखि राष्ट्रपति रहेका एर्दोआनले शक्ति क्रमशः आफूमा केन्द्रित गर्दै लगेका छन् । उनको देश नेटोको सदस्य भए पनि रुस र चीनसँग उनले व्यापारिक तथा कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिएका छन् । 
     
    किरिचदारोग्लु चाहिँ अलि उदार राजनीतिकर्मी हुन् । उनले निर्वाचित भएमा नेटोसँग बिग्रिएको टुर्कियेको सम्बन्ध सुधार्ने तथा युरोपेली संघको सदस्य बन्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


    सोमवार, जेठ १५ २०८००३:०८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij