Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

७ दिनभित्र संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह

७ दिनभित्र संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह

  • सोमवार, जेठ १५ २०८०

  • 542
    SHARES

  • ७ दिनभित्र संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह
    काठमाडौं । सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरू चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गर्नुभएको छ।
     
    सोमबार(आज) प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरूलाई सभापति चयन गर्न आग्रह गरेका बैठकमा सहभागी एक नेताले बताउनुभयो।
     
    ‘‘सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिएको छैन, तपाईँहरूले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन) बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस्’ सभामुखको भनाइ उद्धृत गर्दै ती नेताले भन्नुभयो।
     
    दलहरूले संसदीय समितिमा रहने सदस्यहरू चयन गरे पनि दलीय सहमति नहुँदा समितिका सभापतिहरू चयन भएका छैनन् । ज्येष्ठ सदस्यको नेतृत्वमा एकाध बैठक बसे पनि संसदीय समितिको कामले गति लिन सकेको छैन ।
     
    ४ मंसिरको चुनाव भएपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । त्यसपछि १५ वैशाखमा प्रतिनिधिसभाको १० वटा विषयगत समिति गठन भएका थिए भने २ जेठमा पहिलो बैठक बसेको थियो ।


    सोमवार, जेठ १५ २०८००३:१६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij