काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारी अघि बढाउने भएको छ। अर्थमन्त्री डा. प्रकाशरण महतले निजगढको विमानस्थल निर्माणका लागि पूर्व तयारीका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो।
उहाँले संघीय संसद्को संयुक्त सदनलाई रूख कटानदेखि बस्ती स्थानान्तरणका लागि रकम विनियोजन गरिएको बताउनुभयो।
उहाँले यसको निर्माण अघि बढाउने कार्यक्रम पनि बजेटमा समावेश गरिएको बताउनुभयो।
निजगढ विमानस्थलका विषयमा सर्वोच्च अदालतको फैसला रोकिँदै आएको थियो। सर्वोच्चले विमानस्थल निर्माणका लागि वातावरण विनाश गर्न नमिल्ने भन्दै सर्तसहित रोक लगाएको थियो।
सर्वोच्चको फैसलापछि सरकारले उक्त क्षेत्रमा विमानस्थल निर्माणको अध्ययन पनि गरेको छ। हरेक आर्थिक वर्षमा यो विमानस्थल निर्माणको योजना समावेश हुनेछ। तर हालसम्म यसको काम अघि बढ्न सकेको छैन।