Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

प्रहरीमा समायोजन कार्य अघि बढाइने 

प्रहरीमा समायोजन कार्य अघि बढाइने 

  • सोमवार, जेठ १५ २०८०

  • 550
    SHARES

  • प्रहरीमा समायोजन कार्य अघि बढाइने 
    काठमाडौं । प्रहरी समायोजन कार्य अघि बढाइने बताइएको छ। सोमबार(आज) संसद्मा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रहरी समायोजन गरिने बताउनुभएको हो ।
     
    देश संघीय संरचनामा गएको लामो समय भइसके पनि अहिलेसम्म भने प्रहरी समायोजनले गति लिन सकेको छैन। संघीय ऐन समेत जारी हुन सकेको छैन। 
     
    यस्तै अर्थमन्त्री महतले अध्यागमनलाई सरल र प्रभावकारी पनि बनाइने बताउनुभएको छ । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार, क्षेत्रीय कारागार सम्पन्न गरी सञ्चालन ल्याइने पनि महतले बताउनुभयो ।  
     
    अपराधको न्यूनीकरण गर्न नवीनतम प्रविधि प्रयोग गरिने डिजिटल फरेन्सिक ल्याबलाई थप परिष्कृत गर्दै लगिने पनि उहाँले बताउनुभयो 


    सोमवार, जेठ १५ २०८००६:५२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij